डिभिजन वन कार्यालय गुल्मीद्धारा २ लाख भन्दा बढी विरुवा उत्पादन

0
586

सूर्य सुनार
भदौ१८,२०७८ गुल्मीःडिभिजन वन कार्यालय गुल्मीले आर्थिक वर्ष ०७७÷०७८ मा उद्येश्य अनुसार काम गर्न सफल भएको कार्यालयले जनाएको छ । विरुवा उत्पादन, विरुवा रोपण, झाडी सरसफाई, तारवार, नर्सरी नाइके ज्याला लगायतका काम गर्न वन कार्यालय सफल भएको हो ।

डिभिजन वन कार्यालय गुल्मीले आर्थिक वर्ष ०७७÷०७८ मा जिल्लामा प्रर्याप्त तेजपात, ओखर, टिमुर, अमला, चाँप, लप्सी लगायत विभिन्न ४८ प्रकारका १ लाख २५ हजार बहुवर्षे सहित जम्मा २ लाख ७५ हजार ७ सय १४ विरुवाहरु उत्पादन गर्न सफल भएको कार्यालयले जनाएको छ ।

काठजन्य वन पैदावारमा आधारित रिडिमा एक भिनियर प्लाण्ट स्थापना भएको निजी र डिभिजनको ५०÷५० प्रतिशत लागतमा तयार भएको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिए । त्यस ठाउँमा चिउरी प्रशोधन प्लाण्ट र एक अल्लो धागो प्रशोधन उद्यम प्रवर्धन भएको प्रमुख सापकोटाले बताए ।

वन अतिक्रमण नियन्त्रणको लागि स्थानीय सरकार संग काम भइरहेको छ । त्यस्तै जैविक विविधता संरक्षण कार्यक्रम अन्तर्गत दुर्लभ तथा आर्थिक महत्व भएको चाँप रोपण सत्यवती गाउँपालिका वडा नम्बर ४ भार्सेमा ३ हेक्टर क्षेत्रफलमा गरिएको प्रमुख सापकोटाले जानकारी दिए ।

जिल्लामा आगमी वर्षमा आगोलागी बाट धनजनको क्षेती न्यूनिकरण गर्ने, खाली जमिनमा उत्पादन हुने विरुवा रोप्ने, र आम नागरिकलाई पुग्ने गरी विरुवा वितरण गर्ने उद्येश्य रहेको बताए । डिभिजन वन कार्यालयमा आएर निशुल्क रुपमा उत्पादन हुने विरुवा समन्वय गरी लैजान कार्यालय प्रमुख सापकोटाले आग्रह गरे ।

डिभिजन वन कार्यालय गुल्मीले विभिन्न समयमा वृक्षरोपण गर्ने जनचेतना अभिवृद्धि गर्ने जस्ता काम गरिरहेको कार्यालयले दाबी गरेको छ ।

SHARE