निजामती सेवा दिवसको अवसरमा रेसुङ्गा क्षेत्रमा वृक्षरोपण

0
376

सन्तोष महतारा
भदौ१८,२०७८ गुल्मीः गुल्मीको रेसुङ्गा क्षेत्रमा वृक्षरोपण गरिएको छ ।निजामती सेवा दिवसको अवसरमा साप्ताहिक रुपमा गरिने कार्यक्रम अन्तर्गत शुक्रबार रेसुङ्गा क्षेत्रमा वृक्षरोपण गरिएको हो ।
राष्ट्रसेवक कर्मचारीहरुको जिल्ला स्तरीय समितिले वृक्षरोपण गरेको समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । रेसुङ्गा क्षेत्रको २ हजार ३ सय देखि २ हजार ३ सय मिटर अग्लो उचाइको क्षेत्रमा ५ प्रकारका धुपी, दुर्लभ बिरुवा मलयागिरी, सुगन्ध कोकिला र लेक चापका बिरुवाहरु लगाइएको डिभिजन बन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले रेसुङ्गा अत्यन्तै महत्त्वपूर्ण क्षेत्र भएकोले बिरुवा रेसुङ्गा क्षेत्रमा नै वृक्षरोपण गरिएको बताइन् । रेसुङ्गा क्षेत्रमा बिरुवा रोप्ने आफ्नो चाहाना पूरा भएको भन्दै प्रमुख जिल्ला अधिकारी शर्माले रोपिएका बिरुवाहरु संरक्षण गरेर हुर्काउन आग्रह गरिन् । साप्ताहिक रुपमा मनाइने निजामती दिवसको अवसरमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा सबै स्थानीय तहमा वृक्षरोपण र सरसफाइ गरिने छ । वृक्षरोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराई, नेपाली सेनाका संग्राम शार्दुल गुल्म गुल्मीका गुल्मपति सेनानी राजन भुजू , सशस्त्र प्रहरी बल गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक लम्साल, राष्ट्रिय अनुसन्धान कार्यालय गुल्मीका प्रमुख दिनेश पोखरेल, जिल्ला समन्वय अधिकारी बिजय कुमार कार्की, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारी, डिभिजन बन कार्यालय गुल्मी प्रमुख प्रभात सापकोटा, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल लगायतको उपस्थितिमा वृक्षरोपण गरिएको हो ।
निजामती दिवसको अवसरमा प्रत्येक वर्ष साप्ताहिक रुपमा वृक्षरोपण र सरसफाइ लगायतका कार्यक्रम गरिदै आएको छ । यसवर्ष ुव्यवसायीक र सिर्जनशील प्रशासन स् विकास, समृद्धि र सुशासनु भन्ने मूल नाराका साथ देशभर निजामती सेवा दिवस मनाउन सुरु गरिएको हो । निजामती सेवा दिवस प्रत्येक वर्ष भदौ २२ मामनाइन्छ ।

SHARE