वडाध्यक्ष चौधरीको उपचारको क्रममा निधन

0
281

भदौ१७,२०७८इनरुवा : सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको छ ।

उनको विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताए ।

चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए । चौधरी २०७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। चौधरीका श्रीमती, एक छोरी र एक छोरा रहेका छन्।

वडाध्यक्षको निधनमा गाउँपालिकाले आज शोक बिदा दिएको छ।

SHARE