गुल्मीमा मदन भण्डारी राजमार्ग भासियो

0
685

भदौ१७,२०७८गुल्मीःमदन भण्डारी राजमार्ग अन्र्तगतको तम्घास सिमलटारी सडक खण्डको सेउघामा सडक भासिएको छ ।
जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर ४ सेउघामा सडक भासिदा सवारी साधनहरुलाई आवत जावत गर्नमा जोखिम भएको सो सडक भएर तम्घास देखि सिमलटारीसम्म यात्रा गर्ने यात्रुहरुले बताएका छन् ।
भासिएको सडकमा एक तर्फी मात्र सवारी चलाए पनि सडक आसपास धेरै चर्किएकाले पहिरो जाने जोखिम बढी रहेको स्थानीयहरुले बताएका छन् । भासिएको सडक नजिकै रहेका नेत्र कुँवर र नर्मदा कुँवरको घर जोखिममा रहेको वडा अध्यक्ष बिजय मरासिनीले जानकारी दिए ।
गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले मदनभण्डारी राजमार्ग कार्यालयलाई स्थलगत अनुगमन गरी सडकको अबस्थाको बारेमा जानकारी गराउनका लागि निर्देशन दिएको बताइन् ।

निरन्तर रुपमा बर्षा भइराखेकाले त्यसको बिकल्पको बारेमा पनि सोच्नका लागि आग्रह गरिएको शर्माको दाबी छ ।
यता मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीका सूचना अधिकारी विबस बास्तोलाले बर्षा नरोकिए सम्म केही बिकल्प नरहेको बताए । उनले बर्षा रोकिएपछि तलबाट ग्याबिङ वाल लगाउने र बायो इन्जिनियरीङ गर्ने बताए ।
सडक नभासिनका लागि सडक छेउमा बृक्षारोपण गर्नुनै अति राम्रो हुने भएकाले सडक बिस्तार गर्दा बृक्षारोपाणलाई पनि प्राथमिकता दिनुपर्ने बास्तोलाले बताए ।
कार्यालयका प्रमुख शशांक मिश्राले सडकको अनुगमन गरी त्यस पश्चात बिकल्प खोज्न सकिने बताए । आफू सडकको स्थलगत निरीक्षणमा जाने र त्यस पश्चात के गर्न सकिन्छ भन्ने बारेमा भन्न सक्ने बताए ।

SHARE