अर्घाखाँचीमा पहिरोले घर पुरिदा नौ वर्षीया झरना सुनार को मृत्यु‚ तीन घाइते

0
496
फाइल फोटो

भदौ१६,२०७८अर्घाखाँची : पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।

प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार मंगलबार साँझ घरमाथिबाट आएको पहिरोले सुनारको एकतले कच्ची घर पुरिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको र अन्य तीनजना घाइते भएका थिए।

SHARE