गुल्मीदरबार- ५ अमर अर्बाथोकमा राधाकृष्ण मन्दिर उद्घाटन

0
751

रामकृष्ण कडेल,
भदौ १६,२०७८ गुल्मी :गुल्मीदरबार गाउपालिका वडा नम्बर ५ अमर अर्बाथोक स्थित तल्लो हटियामा निर्माण गरिएको राधाकृष्ण मन्दिरको कृष्णाष्टमीको अवसर पारेर उद्घाटन एवम् मुर्ति पदस्थापन गरिएको छ ।

गाउपालिकाको रु १५ लाख ८० हजारको आर्थिक सहयोग र बाकी स्थानीयबासीद्धारा निर्माण गरिएको मन्दिरको गुल्मिदरबार गाउपालिकाकी कार्यावाहक अध्यक्ष मिना भण्डारीले उद्घाटन गरेकि हुन ।
मन्दिर निर्माण समितिको अध्यक्ष घनप्रसाद श्रेष्ठको अध्यक्षता एवं गाउपालिका कार्यवाहक अध्यक्ष मिना भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै भण्डारीले हिन्दु सनातन धर्मको रक्षाकालागि स्थानीवासीको सक्रियतामा मन्दिर निर्माण हुनु प्रशंसायोग्य कार्य भएको र बिकाश निर्माणका काम सङै धार्मिक सास्कृतिक बिकाशको लागि गाउपालिकाको सधै साथ रहने बताइन ।

कार्यक्रममा समाजसेवी धनेन्द्र कार्की , कार्यपालिका सदस्य तारा गिरी, समाजसेवी सरोज थापा लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

समाजसेवी राजकुमार श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन नरेन्द्र श्रेष्ठले गरेका थिए

गाउपालिकाको सहयोग र स्थानीयबासीले उठाएको रकमबाट मन्दिर निर्माण गरिएको हो । मन्दिरका लागि सहयोग गर्नेहरुमा घनप्रसाद श्रेष्ठ नगद रु ५६ हजार ५ , रमेश श्रेष्ठ रु ५० हजार ५५ ,हुम बहादुर श्रेष्ठ रु ५० हजार ५५ , सृजनशील आमा समुह रु ४० हजार ५ , धनेन्द्र कार्की रु २५ हजार १ सय ११ राम बहादुर श्रेष्ठ रु २१ हजार ५ इन्द्र बहादुर श्रेष्ठ रु २० हजार ५ सय ५ र अन्य थुप्रै चन्दा प्राप्त भएको समितिले जनाएको छ ।
सहयोगी तथा चन्दादातालाइ कार्यक्रममा प्रशम्सा पत्रसहित सम्मान गरिएको थियो । बिभिन्न आर्थिक वर्षमा गरि रु १५ लाख ८० हजार गाउपलिकाबाट र बाकी चन्दादाताबाट गरि मन्दिर निर्माणमा हालसम्म रु १६लाख ८३ हजार ८ सय ५५ खर्च भएको समितिका सचिव यमप्रकाश श्रेष्ठले बताए ।

कार्यक्रममा स्थानिय समाजसेवी राजकुमार श्रेष्ठ ले आफ्ना स्वर्गिय पिता डिलबहादुर श्रेष्ठ को स्मृतिमा मन्दिरको निम्ति ट्रस निर्माण गर्ने प्रतिवद्द्ता सहितको घोषणा गरेका थिए ।

SHARE