गुल्मीमा करेन्ट लागेर मृत्यु भएका राउत परिवारलाई पाँच लाख सहित जागिरमा प्राथमिकता दिने सहमति

0
406

भदौ१४,२०७८ गुल्मीः जिल्लाको मदाने गाउँपालिका –१ अग्लुङ्गका १८ वर्षीय विक्रम राउतका परिवारलाई नेपाल विद्युत प्राधिकरणबाट पाँच लाख सहयोग र उपयुक्त जागिरमा प्राथमिकता दिने सहमति भएको छ ।

सोमबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, मदाने गाउँपालिकाका अध्यक्ष दानबहादुर केसी, नेपाली काँग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ, प्रहरी उपरीक्षक ९एस।पी० गोपालचन्द्र भट्टराई, अग्लुङ्गका काँग्रेस नेता राजेन्द्र विष्ट, विद्युत कार्यालयका प्रमुख ईश्वरकुमार श्रेष्ठ लगायतले मृतकका बुवा पिङ्के राउत सहित अग्लुङ्गबाट आएको टोलिसँग नेपाल विद्युत प्राधिकरणबाट पाँच लाख सहयोग र मृतकको एक जना आफन्तलाई योग्यताको आधारमा उपयुक्त जागिरको व्यवस्था गरिने सहमति भएको हो । सहमति पश्चात् मृतक राउतको शवलाई पोस्टमार्टम गरी परिवारको जिम्मा लगाईएको छ ।

मदाने गाउँपालिका वडा नं। २, सोइरेस्थित जंगलमा आइतबार गाई चराउन गएका राउत छाताको टुप्पो अचानक बिजुलीको तारमा छोइन जाँदा सोही तारबाट करेन्ट लागि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिजुलीको तार अव्यवस्थित तरिकाले झुण्डाईएकाले दुर्घटना भएको स्थानीयहरुले बताएका छन् । पटक–पटक विद्युत कार्यालयमा जानकारी गराउँदा पनि कार्यालयले बेवास्ता गरेको स्थानीयले बताउँदै आएका छन् ।

SHARE