अवैध काठ सहित राजपुरबाट दुईजना पक्राउ

0
284

दिवाकर पोख्रेल
भदौ१३,२०७८ दाङ :दाङको राजपुरबाट एकसय ३४.३३ क्युफिट असनाको अवैध काठ सहित दुईजनालाई इलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरि आइतवार डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीलाई बुझाएको छ ।
शनिवार विहान नौबजे राजपुर गाउँपालिका वडा नम्बर २ माररीखोला स्थित आक्रिघाटबाट चार थान (एक थान गोलिया) चिरान एकसय ३४.३३ क्युफिट असनाको अवैध काठ सहित दुईजनालाई गढवा प्रहरीले पक्राउ गरि डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीलाई बुझाएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका वडा नम्बर २ मारारिखोला निवासी ३५ वर्षिय जितबहादुर सुनार र २५ वर्षिय कमलबुढा मगर रहनु भएको छ । उनिहरु अहिले डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीको नियन्त्रणमा राखि आवश्यक थप कार्वाहीको लागि अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको वन कार्यालयका सुचना अधिकारी प्रेमीलाल प्रसाद शाहले जानकारी दिए ।
उनिहरुबाट अवैध काठ सहित आक्रिघाटबाट दुई थान बन्चरो, तीन थान छिना र एक तान घन बरामद गरिएको छ । पछिल्लो समय यता इलाका प्रहरी कार्यालय गढवा र वन कार्यालय लमहीको सक्रियतामा विभिन्न जातका अवैध काठ र ओसार पसारमा संलग्न भएका व्यक्तीहरुलाई धमाधम पक्राउ गरि गर्न सफल भएको छ ।।

SHARE