रामपुर ५ मा कांग्रेस क्रियाशिल सदस्य भेला

0
424

सुशीला रेग्मी
रामपुर (पाल्पा), १३ भदौ
नेपाली कांग्रेस रामपुर नगरपालिका वडा नं ५ का क्रियाशिल सदस्यको भेला बसेको छ । वडा सभापति केशरबहादुर खाँणको अध्यक्षतामा भेला बसी आउँदो भदौ १८ गते हुने वडास्तरिय अधिवेशनका सन्दर्भमा भेला आयोजना गरिएको हो । वडा उपसभापति दुर्गाप्रसाद पोखरेलको स्वागतबाट शुरु भएको भेलामा सहभागीलाई नेपाल शिक्षक संघ रामपुर नगर कार्य समितिका सभापति लेखनाथ रेग्मी, वडा कार्यसमितिका सल्लाहकारहरु लेखनाथ शर्मा मरासिनी, विश्वबन्धु पौडेलले अधिवेशनका सन्दर्भमा जानकारी दिएका हुन ।
भेलाका अवसरमा नेपाली कांगे्रस प्रचार प्रसार विभाग उप समिति सदस्य कल्प पौडेल, नेपाली कांग्रेस प्रदेश क का सचिव अर्जुनप्रसाद रेग्मी, नगर सल्लाहकार ऋषिराम भट्टराई, नेपाल तरुण दल केन्द्रिय सदस्य भोजेन्द्रप्रकाश ढकाल, रामपुर नगरपालिका साविक वडा नं ७ का वडा उपसभापति देवराज अर्याल, रामपुर उपत्यका पर्यटन विकास समितिका अध्यक्ष श्यामकान्त खनाल लगायतले आफ्ना धारणा व्यक्त गरेका छन् ।
भेलाको संचालन वडा कार्य समितिका सचिव खगेन्द्रप्रसाद ढकालले गरेका हुन् । आजको भेलाले नेपाल शिक्षक संघ रामपुर नगर कार्य समितिका सभापति लेखनाथ रेग्मीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन कार्यदल गरिएको छ । सदस्यमा लेखनाथ शर्मा मरासिनी, विश्वबन्धु पौडेल, मुकुन्द गौतम र दिपेन्द्र भट्टराई थिए ।

SHARE