गुल्मिदरबार गाउँपालिका स्वास्थ्य शाखाको बार्षिक समिक्षा सम्पन्न

0
712

रामकृष्ण कंडेल
भदौ१२,२०७८गुल्मीःगुल्मिदरबार गाउपालिका अन्तरगत स्वास्थ्य सस्थाहरुमा कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मिहरुको सहभागितामा स्वास्थ्य सस्थाहरुको आ ब ०७७र७८ को बार्षिक समिक्षा सम्पन्न भएको छ ।
कार्यक्रममा स्वास्थ्य शाखा अन्तरगत रहेका ६ स्वास्थ्य चौकि र १ आधारभुत स्वास्थ्य केन्द्र को प्रगति प्रतिबेदन प्रश्तुत गरि समिक्षात्मक छलफल गर्दै समग्र पालिकाको प्रगति समेत प्रश्तुत गरिएको थियो ्र स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद अर्यालले गत आ ब को तुलना मा यस आ ब मा बाल स्वास्थ्य कार्यक्रम र परिवार स्वास्थ्य कार्यक्रम मा सफलता प्राप्त भएको बताए ।
जसमा गाउपालिकाले सन्चालन गरेको कस्तो छ आमा कार्यक्रम र मासिक तौल अनुगमन दिवस जस्ता नबिनतम कार्यक्रम मुख्य भुमिका रहेको जनाउदै कार्यक्रम सफल पार्न अहोरात्र खटिने सम्पुर्ण स्वास्थ्यकर्मिहरुको निस्वार्थ कृयाशिलता प्रति खुलेर प्रशंसा गरे।
बाषिक समिक्षा कार्यक्रमकै बिचमा स्वास्थ्य शाखा प्रमुख र सबै स्वास्थ्य सस्थाका प्रमुख बिच आ ब ०७८र७९ को लागि कार्यसम्पादन सम्झौता गरिएको थियो ।
गुल्मिदरबार गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेको अध्यक्षता, कार्यबाहक अध्यक्ष मीना भण्डारिको प्रमुख आतिथ्यता र स्वास्थ्य कार्यालय गुल्मिका निमित्त प्रमुख पशुपति आचार्यको बिशेस आतिथ्यता रहेको सो कार्यक्रममा राजनैतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरि, गाउपालिकाका कर्मचारिहरु , स्वास्थ्यकर्मि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा कार्यबाहक अध्यक्ष मीना भण्डारिको अध्यक्षतामा ७ सदस्यिय स्वास्थ्य सेवा प्रबाह तथा गुण्स्तर सुधार समिति एबम पालिका स्तरिय स्वास्थ्य समिति समेत गठन गरिएको थियो . कार्यक्रममा प्रमुख अतिथि मीना भण्डारिले स्वास्थ्य सेवालाइ थप सुदृढ बनाउन आफुहरु लागिपरेको जनाउदै उत्साहका साथ स्वास्थ्य सेवा प्रबाहको लागि निरन्तर लाग्न र कुनै समस्या आइपरे तत्काल गाउपालिकामा अबगत गराउन स्वास्थ्यकर्मिहरुलाइ सुझाइन् ।
बिशेस अतिथि स्वास्थ्य कार्यालय गुल्मीका पशुपति आचार्य ले गुल्मिदरबार गाउपालिका ले स्वास्थ्य क्षेत्रमा सन्चालन गरेका नबिनतम कार्यक्रमहरु अन्य पालिकाले पनि अनुशरण गर्नुपर्ने देखिएको बताए ।
आबस्यक सहयोग र समन्वयका लागि स्वास्थ्य कार्यालय सदैब साथमा रहेको बताए । कार्यक्रममा ने क पा एमाले का नेता कृष्ण खनाल, नेपालि काङ्ग्रेस का नेता राम बहादुर थापा, गाउपालिका का प्रबक्ता टोपबहादुर बस्नेत ले शुभकामना मन्तब्य राखेका थिए । सहभागिहरुको तर्फबाट अ हे व भुपेन्द्र कण्डेल र अ न मि सुमन पन्थिले प्रतिबद्दता मन्तब्य राखे ।
बार्षिक समिक्षाको अबसरमा लामो समय स्वास्थ्य सेवा प्रबाह गरेर स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको ले योगदानको कदर गर्दै जेष्ठ स्वास्थ्यकर्मि मदन कुमार श्रेष्ठलाइ कदर पत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रम समापन मन्तब्य राख्दै प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले गुणस्तरिय स्वास्थ्य सेवा प्रबाहको साथमा गुल्मिदरबार गाउपालिकालाइ समृद्द एबम सुखि गाउपालिका बनाउनको लागि आफुहरु अगाडि बढेको बताउदै स्वास्थ्यकर्मिहरुलाइ लगनशिल भै कार्य गर्न आग्रह गरे ।
स्वास्थ्य शाखामा कार्यरत स्टाफ नर्स एलिना खड्काको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रमको सहजिकरण स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले गरेका थिए ।

SHARE