भदौ११,२०७८ गुल्मीः
छत्रकोट गाउँपालिका गुल्मीले अफगानिस्तानमा रहेका नागरिकहरुको विवरण संकलन गर्न गाउँपालिकाका सबै वडाहरुलाई आग्रह गरेको छ । गाउँपालिकाका नागरिकहरुको सुरक्षित उद्दारको लागि विवरण संकलन गर्न गाउँपालिकाबाट सबै वडा कार्यालयहरुलाई आग्रह गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद पौडेलले जानकारी दिए ।
आफ्नो आफन्त तथा छिमेकीहरु अफगानिस्तानमा रहेका छन् भने यथासिघ्र आफ्नो वडाको जनप्रतिनिधि, वडा कार्यालयमा विवरण टिपाउन आग्रह गरिएको उनले बताए । गाउँपालिकाको फोनमार्फत नाम, ठेगाना र हाल अफगानिस्तानमा रहेको स्थान सहितको विवरण टिपाउन गाउँपालिकाले आग्रह गरेको छ ।