गुल्मीमा पहिरोका कारण कालीगण्डकी करिडोर अबरुद्ध

0
738

भदौ११,२०७८गुल्मीः लगातार दुई दिनदेखी परेको अबिरल बर्षाले पहिरो जाँदा कालीगण्डकी करिडोर अबरुद्ध भएको छ ।
कालीगण्डकी करिडोरको रिडी रुद्धबेनी सडक खण्डको खोपामा माथिबाट पहिरो खस्दा सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
लगातार पानी परिरहेको समयमा माथिबाट पहिरो खसेको र सडकमा हिलो भएकाले सडक खुलाउन नसकिएको पाण्डेले बताए । सो सडकमा पहिरोका कारण फसेको ध १ च १४६ नम्वरको बोलेरो जिपलाई जनतन निकालिएको र सडक खुलाउन समस्या भएको पाण्डेले बताए ।
यस्तै सोही करिडोरको हर्मिचौर अर्बेनी सडक खण्ड पनि पहिरोका काराण अबरुद्ध भएको छ ।
यस्तै वामी देखि रिडीको सडक अन्र्तगत ठाउँठाउँमा पहिरो खसेका कारण सो सडक पनि अबरुद्ध भएकोे छ । लगातार पानी परिरहेकाले सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ ।
यस्तै गुल्मीमा ग्रामीण क्षेत्रका अधिकांश सडकहरु पहिरोका कारण अबरुद्ध भएका छन् । लगातार पानी परिरहेकाले सर्तकता अपनाउन प्रहरीले आग्रह गरेको छ । यदि कतै केही समस्या परे तुरुन्त प्रहरीलाई खबर गर्न पनि जिल्ला प्रहरी कार्यालय गुल्मीले आग्रह गरेको छ ।

SHARE