सुनिल न्यौपाने
भदौ८,२०७८गुल्मी :मकै जोन गुल्मीको संचालक समितिको अध्यक्षमा शेरबहादुर कुँवर र सचिवमा कृष्ण प्रसाद पाण्डे सर्वसम्मत चयन भएका छन्।
नेपाल सरकार कृषि तथा पशुपंछी विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ तम्घास गुल्मीद्वारा संचालित मकै जोन कार्यक्रम गुल्मीको नयाँ कार्यसमिति सोमबार गुल्मीको सदरमुकाम तम्घासमा गठन गरिएको थियो । मकै जोन समिती गुल्मीका पुर्व संयोजक लोकबहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले अध्यक्षमा शेरबहादुर कुँवर र सचीवमा कृष्ण प्रसाद पाण्डे सहित ९ जनाको कार्यसमिति चयन गरेको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ तम्घास गुल्मीका कृषि अधिकृत सुमन खनालले खबर मार्केटसंग कुरा गर्दै पहिलेको समितीले संतोषजनक काम गरि सकारात्मक नतिजा देखाउन सफल भएकोमा धन्यवाद ब्यक्त गर्दै नवगठित समितीलाई शुभकामना दिदै मकै जोन कार्यक्रम गुल्मीमा उत्साहका साथ अगाडि बढिरहेको खनालले दाबी गरे।