इन्द्रेगौडा, छल्दी, रातडाडाँ सडकमा यात्रुलाई सास्ती , निर्माण ब्यबसायी निद्रामा

0
559

सुर्य सुनार
भदौ५,२०७८ गुल्मीः गुल्मीको इन्द्रेडौडा, छल्दी, रातडाडाँ सडकमा पहिरो जादाँ यात्रुहरुलाई यात्रा गर्न निकै कठिनाइ भएको छ ।
इन्द्रेडौडा, छल्दी, रातडाडाँ सडकखण्डमा पहिरो जादाँ निकै कठिनाइ भएको हो । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर २ रातचौरमा वर्षाको समयमा पहिले देखी नै पहिरो जाने गर्दछ ।
तर सरोकारवाला निकायको समयमै ध्यान नजादाँ यात्रा गर्न निकै कठिनाइ भएको स्थानीय तथा यात्रुहरुले बताउँछन ।
जिल्लाको विभिन्न ठाउँबाट सदरमुकाम तम्घास आउने मानिस पहिरो जादाँ बाटोमै अलपत्र समेत पर्ने गरेका छन् । जसले गर्दा यात्रुहरुलाई निकै कठिनाइ भएको छ । पहिरो गए पछि यातयातका साधान पनि आवतजावत गर्न असहज भएको छ । सडक पूर्वाधार कार्यालय गुल्मीबाट २९ लाखमा ठेक्का परेको थियो । ०७७÷०७८ को असार मसान्तमा भ्याउनु पर्ने भए पनि काम भने हुन सकेको छैन् ।
इन्द्रेडौडा, छल्दी, रातडाडाँ सडकको वाल लगाउने र पहिरो सफा गर्ने जिम्मेवारी स्टार बिनान्दावासी कन्र्टक्सन तम्घास प्रा।लि ले लिएको छ । तर जिम्मेवारी पाएको कन्र्टक्सन प्रा।लि।ले काम समयमै भ्याउन भने सकेको छैन् ।

निर्माण ब्यबसायी लोकेन्द्र भण्डारीले बर्षाको समयले गर्दा काम गर्न असहज भएको बताएका छन् । वाल लगाउने काम केही भएको र वाल लगाउने काम निरन्तर भइरहेको उनले बताएका छन् । तर पहिरो गएको समयमा आफूले स्काभेटरको प्रयोग गरी पहिरो सफा गरी आवतजावतमा सहज गराएको बताएका छन् । पहिरो सफा गर्ने काम गरे पनि अहिले सम्म आफूले कुनै रकम नपाएको उनको गुनासो छ ।
उक्त सडकको जिम्मेवासी स्टार बिनान्दावासी कन्र्टक्सन प्रा।लि तम्घासले लिएको तर काम समयमै भ्याउन नसकेको जिल्ला समन्वय समिति गुल्मीका सदस्य राममल्ल ठकुरीले बताएका छन् ।आफूले बाराम्बार काम सक्याउन ताकेता गरे पनि बर्षाको कारणले गर्दा काम हुन नसकेको प्रतिक्रिया आएको उनले बताएका छन् ।
उक्त सडक हुदै मुसिकोट, इस्मा, बागलुङ्ग लगायतमा मानिसहरु यात्रा गर्ने गर्दछन् ।

SHARE