अनुभव आदान प्रद्रान गर्दै गुल्मी र पर्वतका स्थानीय तह

0
731

तिलाचन पाण्डे
भदौ१,२०७८गुल्मीः देश संघियतामा गए पश्चात ७५३ स्थानीय तहहरु गठन भए । स्थानीय तहहरुले कानून निर्माण गर्ने र स्थानीय सरकार संचालन गर्दै आएको पनि चार बर्ष पुरा भयो ।
यस समय अबधिमा आफूहरुले गरेका कार्यहरु र अन्य स्थानीय तहहरुले गरेका कार्यहरुको अनुभव आदान प्रदान गर्नका लागि गुल्मीका २ स्थानीय तह पर्वत पुगेका छन् ।
गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका र कालीगण्डकी गाउँपालिकाले पर्वतको कुस्मा,फलेवास नगरपालिका , जलजला,मोदी, बिहादी र पैँयु गाउँपालिकामा चार बर्षमा गरेका कार्यहरु र एक आपसमा अनुभव आदान प्रदान गरेको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।
एक स्थानीय तहले अर्को स्थानीय तहसंग अनुभब आदान प्रदान गर्दा नयाँ कामहरुको सिको गर्न सकिने र कार्य सम्पादनमा सहजता आउने पोखरेलले दाबी गरे ।
आफूहरुले गरेका कार्यहरु सेयर गर्ने , अन्य स्थानीय तहहरुले गरेका कार्यहरुका बारेमा जानकारी लिदाँ र कार्य सम्पादनमा भएका समस्याहरुको बारेमा समाधान समेत गर्न सकिने भएकाले अनुभब आदान प्रदान कार्यक्रम प्रभाबकारी भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले बताए ।
अनुभव आदान प्रदान कार्यक्रम प्रभावकारी
यस्तै कुस्मा नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष सुव।सचन्द्र पौडेलले अनुभव आदान प्रदान कार्यक्रम प्रभाबकारी भएको दाबी गरे । पौडेलले चार बर्षको समय अवधिमा गरेका कार्यहरु र कार्यसम्पादको सन्र्दभमा आएका समस्याहरुको बारेमा अनुभव आदान प्रदान गर्न पाउनु अवसर भएको बताए ।
नगरपालिकाले यस अवसरलाई भरपुर रुपमा प्रयोगमा ल्याउने बताउँदै आफूहरु पनि अन्य जिल्लाका स्थानीय तहहरुसंग अनुभव साटासाट गर्नका लागि जाने बताए । अनुभव आदान प्रदान कार्यक्रमले गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलाई पर्यटन प्रबद्र्धन संगै अन्य क्षेत्रहरुसंग पनि नजिक बनाएको दाबी गरे ।

स्थानीय जनता सापेक्षतामा खुसी
यता फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले आफूहरुले गरेका कार्यहरु प्रति स्थानीय नागरिकहरु सापेक्षतामा सन्तुष्ट रहेको बताए ।
यस्तै मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले आफूहरुको कार्यकाल सकिनै लागेकाले जनप्रतिनिधिहरु जनताकै सेवामा तल्लीन भएर लागेको बताए । आफनो कार्यकालमा गरेका कार्यहरुप्रति भावी पुस्ताहरुले पनि सम्झन लायकका कामहरु गर्नुपर्नेमा उनले जोड दिए ।
निर्वाचित भएको दिनमा भन्दा बढी खुसी
यस्तै बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले यसरी अनुभव आदान प्रदान गर्ने अवसर पाएकोमा आफू निर्वाचित भएको दिनमा भन्दा बढी खुसी भएको अनुभव सुनाए ।
उनले आफूहरुले कृषकहरुको आर्यआर्जनमा बृद्धि गर्ने र कृषकहरुको बजारको ग्यारेन्टी गाउँपालिकाले गरिदिएको बताए । यस्तै गाउँपालिकाले एक घर एक टनेल, एक घर एक धारा र कृषक कल्याणकारी बचत कोषको कार्यलाई प्राथमिकता दिएको बताए ।
यस्तै भुसालले गुल्मीको धुर्कोट गाउँपालिकाले गरेका कार्यहरु उदाहरणीय भएको भन्दै धुर्कोटबाट अन्य स्थानीय तहहरुले धेरै सिक्नुपर्ने बताए । उनले धुर्कोट गाउँपालिकाले गरेका कार्यहरुको देशभर चर्चा भएको बताए ।

यस्तै कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापाले मोदी गाउँपालिकाको न्यायीक समितिले इजलास कक्ष नै खडा गरी न्याय सम्पादन गरेको भन्दै त्यसलाई सबैले अनुषरण गर्नुपर्नेमा जोड दिइन् ।
थापाले स्थानीय तहको न्याय सम्पादनमा आउने समस्या र अनुभब आदान प्रदान गर्न पाउनु ठूलो अवसर भएको बताइन् ।
अनुभव आदान प्रदान कार्यक्रममा स्थानीय तहहरुले कोरोनाका कारण सोचेजति काम गर्न नसकिएको र कोरोना रोकथाम तथा नियन्त्रणमानै बजेट र समय खर्चिएको अनुभब सुनाएका थिए ।

SHARE