गुल्मीमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु ,मृतकको संख्या ९५ पुग्यो

0
284

साउन३१,२०७८गुल्मीः गुल्मीमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मदाने गाउँपालिका वडा नम्वर एकका ४५ बर्षीय पुरुषको आइतबार मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । होम आइसोलेशनमा बस्दै आएका उनलाई थप उपचारका लागि रुपन्देही लैजादै गर्दा माटोमा मृत्यु भएको हो । मृतक पुरुषमा साउन २९ गते एन्टिजेन पोजेटिभ देखिएको थियो ।
यो संगै जिल्लामा दोस्रो लहरको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९५ पुगेको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।जिल्लामा अहिले संक्रिय संक्रमितको संख्या ७३३ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
गुल्मी जिल्लामा साउन ३२ गते राती १२ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको अबज्ञा गरे कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

SHARE