गुल्मीको कोभिड–१९ प्रयोगशालाको नतिजा शतप्रतिसत गुणस्तर

0
213

टोपलाल अर्याल
साउन३१,२०७८ गुल्मीः गुल्मीमा संचालित कोभिड–१९ प्रयोगशालाको नजिताहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणसंग शतप्रतिशत देखिएका छन् ।
भर्खरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गुल्मी अस्पताल कोभिड–१९ प्रयोगशालाका नमुनाहरु परीक्षण गरेको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जिल्लामा संचालित प्रयोगशालाहरुको आन्तरिक र बाह्य गुणस्तर परीक्षण गर्ने गरेको छ ।
आन्तरिक रुपमा प्रयोगशालामा कार्यरत प्राविधिकको कार्य दक्षता, केमिकल, यन्त्र उपकरण र भौतिक पुर्वाधारको मुल्यांक गरिने गुल्मी अस्पताल कोभिड–१९ प्रयोगशालाका प्रमुख लक्ष्मण पन्थीले जानकारी दिए । त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रत्येक महिना जिल्लाको प्रयोगशालाबाट परीक्षण भएका नमुनाको पुन ः परीक्षण गर्ने गर्दछ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तथा विश्व स्वास्थ्य संगठनका ५÷५ वटा नमुना जिल्ला स्थित प्रयोगशालाले परीक्षण गरेपछि प्रमाणपत्र प्रदान गर्ने व्यवस्था रहेको छ । गुल्मी अस्पताल कोभिड–१९ प्रयोगशालाले सवै प्रक्रियामा शतप्रतिसत नतिजा प्राप्त गरेकोमा प्रयोगशाला प्रमुख पन्थीले खुसी व्यक्त गरे ।
‘परीक्षणको गुणस्तरिय नतिजा प्रवाह गर्छौ भन्ने मात्र होइन । ज्ञान, सीप, कौशलता र कार्य व्यवहारबाटनै गुणस्तरियता प्रमाणित गरेर देखाउँछौ,’उनले भने,‘ अब नागरिकसंग अझै नजिक भएका छौ ।’ निजी तथा सरकारी प्रयोगशालाकोहरुको राष्ट्रिय तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले नियमन, अनुगमन तथा संचालन गर्ने गर्दछन् । कोभिड १९ परीक्षण प्रयोगशालालाई भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमन गरिरहेको छ ।
जिल्लामा कोभिड १९ को संक्रमण तिव्र रुपमा बढेपछि गत बर्षदेखि प्रयोगशाला संचालनमा ल्याइएको छ । अहिलेसम्म जिल्लाका स्थानीय तहहरुले सहयोग गरेर प्रयोगशाला संचालन गरिएको छ । पछिल्लो समय ५ जना प्राविधिकहरुले प्रयोगशालामा कोभिड १९ को परीक्षण गरिरहेका छन् । गुल्मी अस्पताल तम्घासका प्रमुख डाक्टर उत्तम पच्याले प्रयोगशालाले शतप्रतिसत नतिजा प्राप्त गरेकोमा खुसी व्यक्त गरे ।
‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नतिजाले थप उर्जा प्राप्त भएको छ । पछिल्लो समय कोभिड १९ को संक्रमण पनि बढिरहेको छ,’उनले भने,‘प्रयोगशालाको आवश्यकता र विश्वास झनै बढेको छ ।

SHARE