मासिक ७५ हजार भाडा तिरेकोे रेसुंगा नगरपालिका आफनै भवनमा

0
329

साउन३१,२०७८गुल्मीः लामो समयदेखि मासिक ७५ हजार तिरेर भाडामा बस्दै आएको रेसुंगा नगरपालिका आफनै भवनमा सरेको छ ।
वडा नम्वर ९ मा नगरपालिकाको नवनिर्मित भवनको नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले उद्घाटन गरे ।
नवनिर्मित भवनको उद्घाटन गर्दै नगरप्रमुख भुसालले लामो समयदेखि भाडामा बस्दै आएको नगरपालिकाले आफनै भवनबाट नागरिकहरुलाई सेवा दिन पाउँनु सुखद भएको बताए । गाउँगाउँमा सिंहदरबारको अधिकार आएसंगै जनतालाई सरल र सहज तरिकाबाट सेवा दिनु आफूहरुको पहिलो प्राथमिकता रहेको उनले भनाई छ ।
जनताबाट निर्वाचित जनप्रतिनिधि जनताको सेवाको लागि आएको भन्दै बाँकी कार्यकाल पनि जनतामै केन्द्रित भएर नगरपालिकाले सेवा प्रबाह गर्ने बताए ।जनप्रतिनिधिहरु निर्वाचित भएर आइसकेपछि स्थानीय जनताले सहज र सरल तरिकाबाट सेवा पाएको भुसालको दाबी छ ।
नगरभित्रका नागरिकहरुलाई आत्म निर्भर बनाउनका लागि नगरले कृषि र पशुपालनलाई जोड दिएको भुसालले बताए । किसानहरुलाई ब्यबसायिक रुपमा कृषि र पशुपालन गर्न आग्रह गर्दै भुसालले बजारको ग्यारेन्टी नगरपालिकाले लिने बताए ।
कृषकले उत्पादन गरेका कृषि उपजहरुलाई नगरपालिकाले खरिद गरेर हाटबजारबाट बिक्री वितरण गर्दै आएकाले उत्पादनमा जोड दिन उनले आग्रह गरे ।
कृषकहरुलाई ब्यबसायीक बनाउनका लागि नगरपालिकाले अनुदान, सीप र प्रबिधिहरु पनि हस्तान्तरण गर्दै आएको भन्दै आत्म निर्भर बन्ने गतिलो माध्यम भनेकै कृषि र पशुपालन भएको उनको दाबी छ ।
कुल पाँच करोड ४५ लाखमा निर्माण भएको योजना अधिकृत बिदोद मरासिनीले जानकारी दिए । प्रशासनीक भवनमा सभाहल सहित २४ वटा कोठाहरु रहेका छन् । २०७२ सालबाट निर्माण कार्य सुरु गरिएको भवनको अन्तिम टेन्डर २०७६ सालमा गरिएको थियो ।
भवनको निर्माण कार्य सम्पन्न गर्ने प्रकृति डिएनडी जेभीका धनिश्वर गौतमलाई नगरप्रमुख डिल्लीराज भुसालले सम्मान समेत गरेका थिए ।

SHARE