गुल्मीमा ४ बर्षीय नावालिकालाई जबरजस्ती करणी गर्ने ३६ बर्षीय पुरुष पक्राउ

0
293
जिल्ला प्रहरी कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

साउन३०,२०७८ गुल्मीः गुल्मीमा ४ बर्षीय नावालिकालाई जवरजस्ती करणी गरेको आरोपमा शुक्रबार साँझ एक पुरुष पक्राउ परेका छन् ।
जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्वर ७ भुर्तुङका नाताले बाउ पर्ने ३६ बर्षीय पुरुषले ४ बर्षीय नावालिकालाई जबरजस्ती करणी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
नावालिकालाई मेडिकल गरी सेफ हाउसमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
पुरुषलाई आइतबार जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी जवरजस्ती करणीको मुद्धा दर्ता गर्ने तयारी रहेको पाण्डेले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नावालिका र पुरुषको नाम गोप्य राखिएको प्रहरीेले जनाएको छ ।

SHARE