एकल महिलाका लागि युवाहरुद्धारा घर बनाउन सुरु

0
444

साउन २८,२०७८सर्लाही : लालबन्दी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष तथा नेकपा एमाले युवा नेता उज्वल कार्कीको नेतृत्वमा युवाहरूले एकल महिलाका लागि घर बनाउन सुरु गरेका छन्।

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा एकल महिला सुनु भुजेलको घर निर्माण गर्ने अभियान सुरु गरिएको कार्कीले जानकारी दिए। भुजेलको घर पुरानो भएकाले तीनकोठे पक्की घर बनाउने अभियान थालिएको वडाध्यक्ष कार्कीले जानकारी दिए।

युवाहरूको श्रमदान तथा विभिन्न मनकारी व्यक्तिको सहयोगमा भुजेलको घर निर्माण गर्न लागिएको कार्कीले बताए। भुजेलको आर्थिक अवस्था पनि दयनीय भएकाले उनलाई सहयोग गरिएको कार्कीको भनाइ थियो। घर पक्की भन्नाले टायलले छाएको र ट्रस्टको हुने कार्कीले बताए।

भुजेलका तीन छोरी छन्। केही महिना अघि उनका श्रीमानको आन्द्रामा अल्सरको समस्या देखिएका कारण निधन भएको थियो।

SHARE