
साउन२८,२०७८ प्युठानः अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा प्यूठानमा मास्क वितरण कार्यक्रम गरिएको छ ।
जिल्ला यूवा समिति प्यूठानको आयोजना तथा नेपाल स्काउट मल्लरानी गाउँपालिकाको सहकार्यमा जिल्ला सदरमूकाम खंलगामा विहीवार मास्क वितरण कार्यक्रम सम्पन्न गरिएको जिल्ला यूवा समितिका अध्यक्ष रामचन्द्र केसीले जानकारी दिए ।
हाल कोरोेनाको महामारी भएकाले अन्य कार्यक्रम गर्न नपाएपनि कोरोना रोकथामका लागि माक्स वितरण कार्यक्रम गरिएको उनले बताए। सधै यूवा विकास समिति यूवाको साथमा छ । अध्यक्ष के।सीले भन्नूभयो, ‘जिल्लाको यूवा र खेलकूद क्षेत्रमा काम गर्दै जाने अध्यक्ष के।सीले बताए ।’
‘खाद्य प्रणालीमा रुपान्तरण, मानव र भूमण्डलीय स्वास्थ्यको लागि यूवाको नवप्रवर्तन’ भन्ने नाराका साथ नेपालभर आज यो दिवस मनाइएको छ ।

