गुल्मीमा चट्याङ लागेर २ जनाको मृत्यु ,६ जना घाइते

0
268

साउन२८,२०७८ गुल्मीः गुल्मीमा चट्याङ लागेर दूई जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान चट्याङ लागेर जिल्लाको मालिका गाउँपालिका वडा नम्बर २ पाटाखर्ककी २८ बर्षीय कमला प्रतेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रतेलको घरमा समेत क्षती भएको प्रहरीले जनाएको छ ।
यस्तै बुधबार साँझ जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर ४ का ११ बर्षीय राहुल गन्धर्वको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
चट्याङ लागेर ४२ बर्षीय रामबहादुर गन्धर्व ,२४ बर्षीय रुपा नेपाली, ९ बर्षीय किस्मत नेपाली, १७ बर्षीय राधा खत्री,२३ बर्षीय गोमा खत्री र २४ बर्षीय शर्मिला खत्री घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरु मध्ये रामबहादुर रुपा र किस्मतको पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । राधा खत्रीको दोहोली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने अन्यको गुल्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

SHARE