मजदुरको लडेर ज्यान गयो

0
250

साउन२१,२०७८बागलुङ :निसीखोला गाउँपालिकामा एक मजदुरको लडेर ज्यान गएको छ।

गाउँपालिकामा बिहीबार दिउँसो खानेपानीको पाइप जोड्ने क्रममा लडेर मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

निसीखोला गाउँपालिका–७ राजकुटको सेम्कादेखि चेलाङ जोड्ने झोलुङ्गे पुल निर्माणका लागि गोर्खाको धार्चो गाउँपालिका–२ केरौजाबेसीबाट बागलुङ आएका २६ वर्षीय वीरे गुरुङ चिप्लिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकबाल हवारीले जानकारी दिए।

झोलुङ्गे पुल बनाउने क्रममा खानेपानी पाइमा क्षति पुगेपछि मर्मत गर्दा उनी ढुंगामा चिप्लिएर ५० मिटर तल खसेका प्रहरीले जनाएको छ।

SHARE