तपाईको मास्क खोइ ?

0
784

हुमाकान्त पोखेल
गुल्मी, २१ साउन : कोरोना संक्रमण बढ्दै जान थालेपछि तथा नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेपछि गुल्मीमा ‘तपाईको मास्क खोइ ?’ अभियान संचालन गरिएको छ । बिहिबार प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार, उद्योग बाणिज्य संघ लगायतको उपस्थितिमा जनचेतना बृद्धि गर्ने उदेश्यले ‘तपाईको मास्क खोइ ?’ लेखेको व्यानर छोपेर बजार परिक्रमा गरिएको छ । सुरक्षाकर्मी तथा दलका प्रमुखहरुले ‘तपाईको मास्क खोइ ?’, ‘मास्क लगाउ, जिवन जोगाऔँ’ लगायतका प्ले कार्ड छोपेर बजार परिक्रमा गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय, लाकुरीमञ्चबाट सुरु गरिएको ¥यालीले पुतलीबजार, मिलनचोक, उदिनढुङ्गा जिपपार्क हुँदै पुन मिलनचोक, भिमचोकबाट लाकुरीमञ्च सम्मको बजार परिक्रमा गरेको थियो । परिक्रमाको समयमा बजारमा सबैलाई मास्क लगाउन आग्रह गरिएको तथा नलगाएकोलाई मास्क दिइएको छ । सर्वाजनिक तथा निजि सवारी, मोटरसाइकल चालक, व्यापारी, मेडिकल संचालक लगायतका मास्क नलगाएका व्यक्तिहरुलाई मास्क प्रदान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका हवल्दार नविन भण्डारीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बजार परिक्रमा संकेत मात्र भएकोले सबै नागरिक आ–आफ्नो ठाउँबाट सचेत बन्नुपर्ने बताइन ।
जिल्लामा यहि साउन २३ गतेबाट पूर्णरुपमा लगडाउन गरिएकोले कसैले उल्लघंन गरे कडा कारवाही गर्ने प्रतिक्रिया दिइन ।

SHARE