अनिल खत्री
२१ साउन, गुल्मी । गुल्मीमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ‘तपाईको मास्क खै’ अभियान चलाइएको छ । ‘म पनि मास्क लगाउछु, अरुलाई पनि मास्क लगाउन प्रेरेरित गर्छु’ भन्ने अभियानका साथ जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति गुल्मीको अगुवाइमा जिल्ला सदरमुकाम तम्घास बजारमा ‘तपाईको मास्क खै’ अभियान सुरु गरेको हो ।
कोरोना भाइरसको सक्रमणबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि ‘तपाईको मास्क खै’ अभियान चलाइएको हो । कोरोनाको दोस्रो लहरबाट प्रभावित पारिरहेको बेला फेरि तेस्रो लहरको फैलिन सक्ने भन्दै जिल्लामा मास्क लगाउन कडाइ गर्दै ‘तपाईको मास्क खै’ अभियान चलाइएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भयो ।
भियान अन्र्तगत सुरुको दिन मास्क नलगाई हिड्नेलाई मास्क बितरण गरिएको र अन्य दिनहरुमा मास्क नलगाई हिड्नलाई कारवाही गरिने शर्माले बताउनु भयो । बजारक्षेत्रमा हुने मानिसको चापलाई मध्यनजर राखेर सर्वसाधरण र सवारी चालकलाई मास्क वितरण गर्दै अभियान चलाएको हो ।
बिश्वभर कोरोना संक्रमणको दर बढेसँगै गुल्मीमा सतर्कता अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले भिडभाड, जुलुस तथा ¥याली गर्न रोक लगाएको छ ।
जिल्लामा साउन ३२ गतेसम्म निषेधाज्ञा जारि गरिएको छ । जिल्लामा दोस्रो लहरको रुपमा फैलिएको कोरोनाबाट ४१६ जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोना संक्रमणबाट ९२ जनाको मृत्यु भइसकेको छ । जिल्लामा कोरोना बिरुद्धको पहिलो मात्राको खोप लागाउको संख्या ४३ हजार २६१ जना रहेका छन् । दोस्रो मात्राको खोप लागाउको संख्या९ हजार ८९ जना रहेका छन् ।