बोटे माझीका लागि सत्यवती गाउँपालिकाद्धारा २२ घर निर्माण

0
1039

साउन२०,२०७८ गुल्मीःसत्यवती गाउँपालिकाले लोपोन्मुख बोटे माझीका लागि २२ घर निर्माण गरिदिएको छ ।
बोटे माझीहरुको घर पनि नभएको र उनीहरुको संरक्षण गर्नका लागि गाउँपालिकाले एक करोड ५० लाखको लागतमा २२ घर निर्माण गरिदिएको गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले जानकारी दिए ।
गाउँपालिका भित्र रहेका बोटेमाझीहरु घर विहीन भएर बस्न नपरोस भनेर अस्लेवा सात,खैरेनीमा १३, चोरकाटेमा एक,हसरामा एक गरी कूल २२ घर निर्माण गरिदिएको ढकालले बताए ।
यस्तै गाउँपालिकाले बोटेमाझीहरुले रुद्रबेनीमा पुजा गर्ने घाटकी देबी मन्दिर निर्माणका लागि पनि दुई लाख रुपियाँ सहयोग गरेको छ । उनीहरुको संस्कृति र परम्परालाई जोगाई राख्नका लागि भन्दै आफूहरुले सहयोग गरेको ढकालले बताए ।
बोटे माझीहरुले १३ बर्ष भन्दा मुनीको पुजारी राखी उनीहरुको परम्परा अनुसार पुजा आजा गर्दै आउने गरेका छन् ।
यस्तै गाउँपालिकाले बोटे माझीहरुले माछा मारी जीवन चलाउँदै आएको र उनीहरुको मूख्य पेशालाई पनि संरक्षण गर्नु पर्ने भन्दै माघा मार्ने जाली पनि प्रदान गरेको छ ।

रुद्रबेनीमा रहेर १० जना युवाहरुले माछा मार्ने गरेको भन्दै त्यी युवाहरुलाई अनुदानमा माछा मार्ने जाली प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
यता बोटे माझी सीप तथा संस्कृति संरक्षण समितिका अध्यक्ष सन्दिप माझीले गाउँपालिकाले घर निर्माण गरिदिएकोमा खुसी ब्यक्त गरेका छन् ।
गाउँपालिकाले हामीहरुको सीप र संस्कृतिलाई संरक्षण गर्नका लागि ठुलो सहयोग गरेको भन्दै सधै यसलाई निरन्तरता दिन पनि उनले आग्रह गरे ।
गाउँपालिकाले लोपोन्मुख जाती संगै संस्कृति परम्पराहरुलाई जोगाई राख्नका लागि पहल गर्दै आएको जनाएको छ । उनीहरुको परम्परा ,संस्कृतिलाई जोगाइ राख्नका लागि गाउँपालिकाले पहिलो प्राथमिकता दिदैँ आएको बताउँदै यसलाई निरन्तरता दिइने अध्यक्ष ढकालले दाबी गरे ।

SHARE