प्रमुख जिल्ला अधिकारी शर्माद्वारा खोप केन्द्रको अनुगमन

0
653

साउन १९,२०७८गुल्मीः गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका विभिन्न वडाहरुमा रहेका खोप केन्द्रहरुबाट के, कसरी कोभिड विरुद्धको खोप लगाउने कार्य भएको छ भनेर अनुगमन गरेकी छिन् । खोप केन्द्रमा नागरिकका धेरै गुनासाहरु आए पछि प्रमुख जिल्ला अधिकारी स्वयं आफै अनुगमनमा निस्केकी हुन् ।

सोमबार जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १, २, ८ र ९ को खोप केन्द्र हाट बजार, वडा नम्बर १० को सिमीचौर, वडा नम्बर ७ र वडा नम्बर ४ को अर्खलेमा सञ्चालित खोप केन्द्रबाट के( कसरी कोभिड विरुद्धको खोप लगाउने कार्य गरिएको छ भनेर अनुगमन गरेकी हुन् ।

प्रमुख जिल्ला अधिकारी शर्माले अनुगमनको क्रममा खोप केन्द्रमा अपाङ्गता भएका, विदेश जाने तथा लक्षित वर्गलाई २ हजार ७ सय ४० थान मास्क वितरण गरेकी हुन् । आगामी दिनमा अन्य वडाहरुमा रहेका खोप केन्द्रको अनुगमन गर्ने प्रजिअ शर्माले बताइन् ।

त्यस्तै अन्य वडामा रहेका खोप केन्द्रहरु सशस्त्र प्रहरी र स्वास्थ्य कार्यालयबाट पनि अनुगमन गरिएको छ । सबै वडाहरुमा सुरक्षाकर्मी परिचालन गरी खोप केन्द्रलाई व्यवस्थित गरिएको प्रजिअ शर्माले बताइन् ।

SHARE