सुर्या लाइफ इन्सोरेन्सद्धारा घरमै पुगेर मृत्युदाबी भुक्तानी

0
1110

साउन १९,२०७८गुल्मी: सुर्या लाइफ इन्सोन्स गुल्मी शाखाले कालीगण्डकी गाउँपालिकाको भएकोटमा पुगेर मृत्यु दाबीको भुक्तानी गरेको छ ।
सोमबार गुल्मी शाखाका प्रमुख अर्जुन पोखरेलले कालीगण्डकी गाउँपालिका वडा नम्बर दुई अर्बेनी भएकोटमा पुगेर बीमित सुशान्त पाण्डे मगर र रोशनी पाण्डे मगरका बुवा निमबहादुर पाण्डे मगरलाई एकमुष्ट ४२ हजार को चेक हस्तान्तरण गरेका हुन् ।

सुसान्त र रोशनीका प्रस्तावक आमा बिष्णु पुनले एकःएक लाखका दरले १५ बर्षे सुर्या संरक्षित बाल साबधिक जीबन बीमा गरिदिएकी थिइन् । उनको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।
निमबहादुलाई चेक हस्तान्तरण गर्दै पोखरेलले बीमा बचत र सुरक्षाको महत्वपुर्ण आधार भएको बताए । उनले बीमा भनेको बिमक र बीमित बिचको दरिलो आधार स्तम्भ खडा भएको दाबी गरे ।

सुसान्त र रोशनीको १६ बर्ष उमेर हुँदासम्म कम्पनीले बार्षिक किस्ता राखिदिने र उनीहरुलाई त्यस समय अबधीसम्म मासिक आय लाभ प्रदान गरिने पोखरेलले जानकारी दिए ।

एजेन्सी म्यानेजर रामप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य इन्द्रबहादुर दर्लामीको उपस्थितीमा कार्यक्रमको संचालन कार्यालयका कर्मचारी मदनराज उपाध्यले गरेका थिए ।

SHARE