जन्मदिनमा बीमालेख उपहार

0
261

साउन१८,२०७८गुल्मीः पछिल्लो समय जन्मोत्सव कार्यक्रमका नाममा फजुल खर्च गर्ने प्रचलन बढ्दै गएको छ ।
तर, पछिल्लो समय उत्सवमा हुने फजुल खर्च कटौती गरेर आफ्नो र आफ्ना प्रियजनको भविष्यका लागि बचतस्वरूप बीमा गर्ने प्रचलन बढ्न थालेको छ । यस्तैमध्येका एक हुन्, रेसुङ्गा नगरपालिका (१० सिमिचौरका लक्ष्मण घिमिरे । घिमिरेले छोरी आराध्या घिमिरेको प्रथम जन्मोत्सवमा २० लाखको बीमालेख खरिद गरेका छन् ।
गुल्मीको तम्घासमा रहेको महालक्ष्मी लाइफ इन्स्योरेन्सको ञमहालक्ष्मी बालबचत जीवन बीमाझ अन्तरगत २० बर्षको लागि बीमालेख खरिद गरेको कम्पनीका सिनियर एजेन्सी म्यानेजर दीपक अर्यालले जानकारी दिए । यस योजनाले बच्चाको नाममा रकम बचत भएको तथा बीमित र प्रस्तावक दुवैको जोखिम बहन भएको अर्यालले बताए । घरेलु तथा साना उध्धोग कार्यालयका प्रमुख समेत रहेका घिमिरेले छोरीको उच्चशिक्षाको लागि आर्थिक अभाव नहोस् भन्ने उदेश्यले बीमालेख खरिद गरेको प्रतिक्रिया दिए ।
महालक्ष्मी लाइफ इन्स्योरेन्सका गुल्मी शाखा प्रमुख बिमल छन्त्यालले कम्पनीले छोटो समयमा धेरै बिमितको मन जित्न सफल भएको दाबी गरे ।

SHARE