
साउन१८,२०७८गुल्मीः गुल्मीको सदरमुकाम तम्घासमा निर्माणाधिन भवनको छतबाट खसेर सोमबार एक मजदुरको ज्यान गएको छ ।
सदरमुकाम तम्घासको उदिनढुङ्गा जिप पार्कमा निर्माणाधिन बसपार्कको भवनबाट खसेर धुर्कोट गाउँपालिका–७ वाग्लाका ३५ बर्षिया गोविन्द घिमिरेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
लामो समयदेखि सदरमुकाम तम्घासमा ज्याला मजदुरी गर्दै आएका घिमिरे सोमबार दिउँसो भवनको भुइ तल्लामा लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानको क्रममा भवनको छतबाट खसेर मृत्यु भएको पाण्डेको भनाई छ ।
शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल लगिएको र पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइने पाण्डेले जानकारी दिए ।








