जन्म दिनको अबसरमा स्वास्थ्यकर्मी द्धारा पोष्टिक आहार प्रदान

0
563

साउन१८,२०७८गुल्मीः जन्म दिनको अबसरमा धेरैले फजुल खर्च गरेर मनाउने गर्ने उदाहरण प्रर्याप्त छन् ।
तर गुल्मीमा भने जन्म दिनको अबसरमा अन्य खर्च कटाएर एक उदाहरणीय कार्य गरेकी छन् रेसुंगा नगरपालिका वडा नम्वर ९ की सृजना पोखरेलले ।
उनी रेसुंगा नगरपालिका वडा नम्वर १० सिमीचौर स्वास्थ्य चौकीमा सिनियर अनमी पदमा कार्यरत छिन् ।
जन्म दिनको अबसरमा उनले आफनो कार्य क्षेत्रमा उमेर अनुसार हुनुपर्ने तौल नभएकी ३४ महिनाकी रुपा अर्याललाई पोषिलो पिठो बनाउने सामग्री ,अण्डा र फलफुल प्रदान गरेकी छिन् ।
उमेर अनुसारको तौल नभएकाले आफनै कार्यक्षेत्रमा गई उमेर अनुसारको तौल हुनुपर्ने र तौल बढाउनका लागि हरेका बार खाना चार खानुपर्ने शन्देस दिनका लागि आफूले सामग्री प्रदान गरेको बताइन ।
यता रेसुंगा नगरपालिका वडा नम्बर १० सिमीचौरका वडा अध्यक्ष पदमप्रसाद अर्यालले बच्चाहरुमा उमेर अनुसारको तौल हुनु पर्ने र त्यसका लागि खानपानमा ध्यान दिनुपर्नेमा जोड दिए ।

SHARE