
साउन१८,२०७८ स्नातक तह पहिलो बर्षका परीक्षार्थीहरुलाई प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले स्वास्थ्य सामग्री प्रदान गरेकी छिन् ।
जिल्लाको रेसुंगा बहुमुखी क्याम्पसमा स्नातक तह पहिलो बर्षका ३१३ जना परीक्षार्थीहरुलाई दश पिसका दरले मास्क प्रदान गरिएको शर्माले जानकारी दिइन् ।
कोभिड संक्रमणको दर बढ्दै गएको र परीक्षार्थीहरुलाई पनि संक्रमण हुन सक्ने भन्दै स्वास्थ्य सामग्री मास्क प्रदान गरिएको शर्माले बताइन् ।
विभिन्न संकायका गरी करिब साढे सात सय परीक्षार्थी रहेको रेसुंगा बहुमुखी कक्याम्पसका प्रमुख हरिबहादुर केशीले जानकारी दिए ।
नेपाल सरकारका पूर्व मुख्य सचिब लीलामणी पौडेलको पहलमा प्राप्त पाँच हजार मास्क क्याम्पसका परीक्षार्थीहरुलाई प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
यसैबिच गुल्मेली सहयोगी हातहरुले पनि जिल्लामा स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

सहयोगी हातहरुले चार लाख सर्जिकल मास्क लगायत स्वास्थ्य सामग्री प्रदान गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
गुल्मेली सहयोगी हातहरुमार्फत प्राप्त स्वास्थ्य सामग्री जिल्लाका स्थानीय तहहरु ,स्वास्थ्य संस्था र आवश्यकताको आधारमा वितरण गरिने प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले जानकारी दिइन् ।
जन्मभूमिलाई सम्झेर स्वास्थ्य सामग्री प्रदान गरेकोमा सहयोगी हातहरुलाई शर्माले धन्यबाद दिइन्। प्राप्त स्वास्थ्य सामग्रीले जिल्लामा कोभिड रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुग्ने शर्माको भनाई छ ।








