६ जुवाडे एक लाख ६० हजार नगद सहित पक्राउ

0
220

झापा : दमक नगरपालिका–८ स्थित पेरुङ्गो होटलमा प्रहरीले छापा मारेर ६ जना जुवाडेलाई एक लाख ६० हजार नगदसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा होटेल सञ्चालक दमक नगरपालिका– ७ का ३२ वर्षीय पदम सुब्बा, सोही नगरपालिका–५ का २९ वर्षीय कैलाश लिम्बु, सोही ठाउँका ३३ वर्षीय मोहन ढुङ्गाना, ३८ वर्षीय द्रोणाचार्य कार्की, ५० वर्षीय प्रेम सुब्बा र ५० वर्षीय भीम सुब्बा रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

SHARE