साउन१५,२०७८गुल्मी :गुल्मीमा करदाता सेवा कार्यालयबाट २१ करोड ६० लाख ४६ हजार राजस्व संकलन भएको छ ।
आर्थिक वर्ष २०७७ ।०७८ कोे आयकर ९ करोड ७५ लाख, घर भाडा कर १४ लाख ६० हजार, व्याज कर ५० लाख, मूल्य अभिबृद्धि कर (भ्याट) १० करोड ४८ लाख र अन्तशुल्क कर ७१ लाख संकलन भएको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख टंक भुसालले जानकारी दिए ।
कर सम्बन्धी सेवाप्रवाह, बजार अनुगमन, कर संकलन, खाता प्रमाणित, भ्याटमा दर्ता, कारोवार परिर्वतन, अन्तशुल्क संकलन,व्यवसाय खारेज, कर शिक्षा जस्ता सेवा प्रवाहका कार्यहरु कार्यालय मार्फत भएको भुसालले बताए ।
करदाता सेवा कार्यालयले बजार अनुगमन, वक्यौता असुली, सूचना प्रवाह जस्ता कार्य प्रभावकारी भएकाले १९ करोड जति राजस्व संकलन गर्ने अनुमान रहेकोमा अनुमान भन्दा २ करोड ६० लाख ४६ हजार बढी राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।
जिल्लामा पहिलो बर्ष कार्यालय स्थापना भएको हुँदा कार्यालय ब्यबस्थापनमा समस्या र कर्मचारीको अभाबका कारण पनि केही समस्या भएको कार्यालयले जनाएको छ ।
६ जना कर्मचारीको स्विकृत दरबन्दी अनुसार कर अधिकृत एक जना, नासु दुई जना , कार्यालय सहयोगी एक जना,सवारी चालक एक र कम्प्युटर अपरेटर एक जना रहेको कार्यालयले जनाएको छ ।
कार्यालयमा अहिले एक जना नासु खाली रहेको र कम्प्युटर अपरेटर करारमा राखिएको भुसालले जानकारी दिए ।
कर तिर्नको लागि पहिला पाल्पा जानु पर्ने बाध्यताको अत्य भए संगै घरमै बसेर कर तिर्न पाउदाँ गुल्मेली नागरिकहरुलाई सहज भएको छ ।