
साउन१३,२०७८विराटनगर : मोरङको सुन्दरहरैचा नगरपालिका(१० त्रिवेणी चौकस्थित ‘शिव पंञ्चायन ज्वेलर्स’ लुटपाटको प्रयास गर्ने ६ जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ।
प्रहरीले संखुवासभा सभापोखरी गाउँपालिका – ४ घर भइ इटहरी २० तरहरामा डेरा गरी बस्ने ३९ वर्षिय प्रकाश भन्ने चन्द्रबहादुर राई र सुनसरी गढी गाउँपालिका १ का ४५ वर्षीय डाइमण्ड भन्ने प्रमोद चौधरीसहित ६ जनालाई पक्राउ गरेको हो। प्रहरीले दिएको जानकारी अनुसार चन्द्रबहादुर राई पूर्वनेपाली सेना हुन् भने प्रमोद चौधरी पूर्वलडाकु हुन्।
घटनामा संलग्न संखुवासभा बाह्रबिसे गाउँपालिका(६ घर भइ हाल इटहरी २० तरहरा बस्ने ३० वर्षीय चिरञ्जिवी राई, मोरङ सुन्दर हरैचा(५ का २२ वर्षीय मिशन राई, भोजपुर पौवादुम्मा गाउँपालिका(३ घर भइ हाल इटहरी २० बस्ने३० वर्षिय नगेन्द्र राई र सुन्दरहैरचा नगरपालिका ७ का ३१ वर्षिय सन्तोष राईलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए।

उनीहरूको साथबाट सुनचाँदी पसल लुटपाटका लागि ल्याइएको अत्याधुनिक एवं स्वचालित हतियार एसएमजी ९मेसिनगन०, एउटा कटुवा पेस्तोल र अटोमेटिकल पेस्तोल बरामद गरेको छ। यस्तै प्रहरीले म्यागजिनमा लाग्ने ६२ राउण्ड गोली र ३०३ राइफलको ४ राउण्ड गोली पनि बरामद गरेको छ।
मास्क लगाएर आएका ६ जनाले खगेन्द्र थापाले सञ्चालन गरेको ज्वेलर्समा गत साउन १ गते दिउँसो लुटपाट प्रयास गरेका थिए। लुटपाट असफल भएपछि स्थानीय बासिन्दालाई हतियार देखाएर आतंकित बनाउँदै सो समूह उत्तर–पश्चिमतर्फ लागेका थिए।












