गुल्मीमा जिप दुर्घटना तीन जनाको मृत्यु

0
395

साउन१३,२०७८गुल्मीःगुल्मीमा जिप दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ ।
चन्द्रकोट गाउँपालिकाको शान्तीपुरबाट तम्घास तर्फ आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जिप मुसिकोट नगरपालिका वडा नम्वर ४ को दोभानमा दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन् । जिपमा सवार अन्य ७ सात जना घाइते छन् ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली र शसस्त्रको टोली उद्धारमा खटिएको छ । घटनाको बिस्तृत बिवरण आउँन बाँकी छ ।

SHARE