पार्किङ गरेर राखेको बसमा आगजनी

0
609

साउन११,२०७८ः दाङको तुलसीपुरको कालाखोलामा रोकी राखेको बसमा अज्ञात समूहले गएराति आगजनी गरेको छ।

घोराही–तुलसीपुर सडक खण्डको कालाखोला नजिक सडकमा पार्किङ गरी राखेको अवस्थामा बसमाथि आगजनी भएको हो।

रा १ ख १८९२ नम्बरको बसमा राति २ बजे सो समूहले आगो लगाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्याम अर्यालले जानकारी दिए।

प्रहरी राति नै घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियो। घटनामा संलग्न व्यक्तिहरुको खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ।

SHARE