समृद्ध चारपाला युवा अभियान द्वारा एक लाख बराबरको नगद तथा खाध्यन्न सहयोग

0
605

रामकृष्ण कडेल
साउन १० , २०७८गुल्मी :समृद्ध चारपाला युवा अभियान गुल्मी दरबार गाउँपालिका वडा नम्बर ६ र ७ चारपाला(गुल्मीले कोरोना महामारीकोदोस्रो लहर र देशमा जारी गरिएको लकडाउनको दुई महिनाको अबधिमा आफ्नो कार्यक्षेत्र गुल्मीदरबार गाउँपालिका अन्तरगत वडा न। ६ र ७ का पीडित परिवारलाई एक लाख बराबरको आर्थिक तथा खाधन्य सामाग्रीहरु प्रदान गरेको छ।
दोस्रो चरणको कोभिड(१९ महामारीको सुरुवाती चरणमा अभियानले गुल्मीदरबार गाउँपालिकाका विभिन्न स्थानमा माइकिङ्ग मास्क बितरण र विभिन्न किसिमका जनचेतनामूलक संदेश सहित जनचेतनामूलक कार्यक्रम गरेर सुरु भएको अभियान लकडाउन लम्बिदै जादा गरिब दुखि पीडित हरुको अवस्था दयनीय बन्दै गए पछि वास्तविक पिडितहरुको घरमै पुगेर सहयोग हस्तान्तरण गरेको छ ।
कोरोना सङ्क्रमितहरु लाइ उपचारका लागि गुल्मी अस्पताल सम्मको यातायात खर्च , दुर्घटनामा परी आर्थिक अभाव भएकाहरुको लागि नगद , आर्थिक अभावमा बिहान साझ हातमुख जोर्न समेत मुस्किल परेकाहरुको लागि आवश्यक खाध्यान्न सामाग्रीहरु, बाढि पहिरोबाट पीडितहरुलाइ सामाग्रीहरु साथै उपचारार्थ आर्थिक सहयोग, मृगौला पीडितको लागि नगद लगायत गरि एकलाख बराबरको नगद तथा खाध्यान्न सहयोग गरिएको अभियानका अध्यक्ष कमल राज कार्कीले जानकारी दिए।

साथै उक्त कार्यहरुका लागि आर्थिक संकलन ,टिमको ब्यबस्थापन ,सूचना अनि समन्वयन देस बिदेशीमा छरिएर रहेको अभियानको मुल कार्यसमिति गरेको थियो,जसमा सूचना तथा संचार तर्फ दीपेन्द्र खत्री,कोष ब्यबस्थापनमा गोपाल खत्री ,आर्थिक संकलनमा बिमल खत्री,सोसल मिडिया ब्यबस्थापनमा गोपाल खत्री, नीति निर्माण तर्फ कृष्ण घिमिरे र सल्लाह सुझावमा नारायण कार्की र उपाध्यक्ष भिमबहादुर टन्डन रहेका थिए ।

अभियानको समन्वयन अभियानका कोषाध्यक्ष एवं सहयोग कार्यक्रम ब्यबस्थापन प्रमुख हिमाल ज्ञवालीको ब्यबस्थापन , सचीव बिकास टण्डन तथा सह सचिव बुद्ध खत्रीको सहजीकरण र अभियानका अभियान्ता सदस्यहरुको विशेष सहयोग सक्रियता एवं स्थानीय समाजसेवीहरुको सहयोग र समन्वयमा आर्थिक र आवस्यक पर्ने खाद्यान्न सामग्रीहरु पीडितहरुको घरमै पुगी सहयोग गरिएको अध्यक्ष कार्कीले जानकारी गराए।
साथै यस महान कार्यको लागि आर्थिक सहयोग गर्न सम्पूर्ण सहयोगी मनहरुलाइ प्रतिकुल समयमा पनि आफ्नो स्वास्थ्यको प्रवाह नगरी पीडितहरुको घरमै पुगेर सहयोग गर्न अभियानका सम्पूर्ण अभियान्ता र उक्त कार्यमा सहयोग गर्न सम्पूर्ण सहयोगि मनहरु मा उच्च सम्मानका साथ आभार व्यक्त गरे।

अभियानको हाल देस बिदेसमा गरि ५१ सदस्यीय मुल कार्यसमिति रहेको छ। त्यसै अन्तरगत विभिन्न देशहरुमा संजालहरु रहेका छ्न जसमा संयोजक हरु क्रमश कतारमा भरत बस्नेत ,साउदीमा हिमाल खत्री ,यु।ए।ईमा मिलन किसोर बस्नेत ,जापनमा बिस्नु अधिकारी र ओमनमा राइसन खत्री रहेका को कार्कीले बताए ।

SHARE