निर्वाचनमा अन्तरघात गरेको भन्दै प्रेस युनियनका ४ जना सदस्य निलम्बनमा

0
257

साउन१०,२०७८दाङ : नेपाल प्रेस युनियन दाङ शाखाले पत्रकार महासँघको आसन्न चुनाबमा अन्तरघात गरेको भन्दै ४ जना पत्रकारलाई कारबाही गरेको छ ।

प्रेस सँगठन र प्रेस युनियनको सँयुक्त गठबन्धन रहेको चुनाबमा अन्तरघात गरेर बिपक्षीको प्रचार प्रसार गर्दै गठबन्धनका केही उम्मेदवारलाई हराउनमा प्रमुख भुमिका खेलेको आरोप सहित ४ जना पत्रकारहरुलाई कारबाही गरेको हो ।

एकजनालाई युनियनबाट नै निस्कासन गरेको छ भने ३ जनालाई बर्तमान कार्यसमिति र साधारण सदस्य समेत नरहने गरि ६ महिनाको लागि निलम्बन गरिएको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।
युनियनका पुर्ब केन्द्रीय पार्सद तथा साधारण सदस्य ऋषिराम यादबलाई युनियनमै नरहने गरि निस्कासन गरिएको छ । उनी गत चैत २५ गते भएको पत्रकार महासँघ दाङको चुनाबमा बिपक्षी प्रेस चौतारीबाट उम्मेद्वार बनेका थिए । त्यस्तै युनियनकि सहसचिब सपना बोहरा, कार्यसमिति सदस्यहरु पुर्ण प्रकाश बिश्वकर्मा ९प्रिया स्मृती गजमेर० र शर्मिला डिसीलाई पदबाट हटाउँदै ६ महिनाका लागि साधारण सदस्य समेत नरहने गरि निलम्बन गरेको छ । कारबाहीमा पर्ने पत्रकार हरुलाई उम्मेद्वार योग्य नभएको ठहर गर्दै आगामी युनियनको अधिबेसन तथा पत्रकार महासँघको चुनाबमा उम्मेद्वार नरहने गरी कुनै किसिमको सहयोग नगर्ने निर्णय समेत गरेको छ ।

उनिहरुकै अन्तरघात र प्रेस सँगठनको आन्तरिक गुटगतका कारण महासँघको चुनाबमा अध्यक्ष सहित केही प्रमुख पद तथा सदस्यहरुले हार ब्यहोर्नुपरेको युनियनको निष्कर्ष छ ।
अध्यक्ष सहित केही पदमा पराजित भए पश्चात् युनियनले आफ्नै मातहतको छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले साउन ९ गते यथेष्ट प्रमाण सहित ४ जनालाई कारबाही सहितको प्रतिबेदन तयार पारेपछि प्रेस युनियन दाङ शाखाको शनिबार बसेको बिस्तारित बैठकले अनुमोदन गरेको हो ।

नेपाल प्रेस युनियन दाङ शाखाका कार्यबहाक अध्यक्ष नारायण खड्काको अध्यक्षतामा बसेको बिस्तारित बैठकले छानबिन समितिको प्रतिबेदनलाई अनुमोदन गर्दै कारबाही गर्ने निर्णय गरेको छ । उनिहरु माथी बिपक्षीको प्रचार गरेको, सँगठनको मर्म बिपरित प्रस्तुत भएको, पराजित गराउनमा प्रमुख भुमिका खेलेको, गठबन्धनको पराजित प्रति खुसी ब्यक्त गर्दै सामाजिक सञ्जालमा पोष्ट गरेको लगायतका आरोप छन ।

पछिल्लो समय नेपाल प्रेस युनियन दाङ शाखामा उछृङ्खल प्रबृती बढ्दै गएको र सहि बाटोमा दोहोर्याउन यस्तो कदम चाल्नुपरेको कार्यबहाक अध्यक्ष नारायण खड्काले जानकारी दिए ।

SHARE