गुर्जा नदी थुनियो, तटीय क्षेत्रमा जोखिम

0
475

साउन९,२०७८म्याग्दी : म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने म्याग्दी नदीको सहायक गुर्जा नदी शनिबार ५ बजेदेखि थुनिएको छ।

धौलागिरी गाउँपालिका–१ गुर्जास्थित खास्काको डाँडाबाट खसेको पहिरोले नदी थुनिएको छ। नदी थुनिएर ठूलो तलाउ बनेको खेतवारी र गोठको काममा गएर फर्किएका स्थानीयले आफूलाई जानकारी गराएको वडा अध्यक्ष झकबहादुर छन्त्याले जानकारी दिए।

गुर्जा र चुरेन हिमालको फेदीबाट बग्ने गुर्जा खोला मुदीमा आएर म्याग्दी नदीमा मिसिएको छ। तलाउ फुटेमा तटिय क्षेत्रमा जोखिम हुन सक्छ भनेर सुरक्षा निकायलाई जानकारी गराइएको छन्त्यालले बताए।

नदी थुनिएको ठाउँमा गुर्जाबाट पुग्न २ घण्टा बढी समय लाग्छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक श्याम कुमार राईले खोला थुनिएको खवर आएको र थप सूचना लिने प्रयास भैरहेको जानकारी दिए।

SHARE