प्यूठानमा एक पुरुष मृत फेला

0
358

असार८,२०७८प्युठानः प्यूठानमा एकजना पुरुष मृत अबस्थामा फेला परेका छन ।
जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्वर २ लिघाका अन्दाजी ६० बर्षिया तकबहादुर दर्लामी मृत फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार तीन दिनदेखि घरबाट हराएका दर्लामी शुक्रबार विहान लुङ खोलाको लाखाचौर पुल नजिक मृत अबस्थामा फेला परेका हुन ।
घटनाको विषयमा अनुसन्धान भइरहेको बताईएको छ ।

SHARE