बहिनी समुहलाई बाख्रा उपहार

0
701

हुमाकान्त पोखरेल
साउन७,२०७८ गुल्मीः मालिका गाउँपालिका –४ अर्खाबाङ्गका महिलाहरुलाई बाख्रा प्रदान गरिएको छ ।
गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारीमा एकीकृत ग्रामीण विकास समाजद्धारा संचालित सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजनाले बाख्रा वितरण गरेको हो ।
परियोजना अन्र्तगतको दिदी समुह ‘मुलाबारी महिला समुहले बहिनी समुह ‘प्रगतिशिल महिला समुह’लाई बिहीबार बाख्रा उपहारस्वरुप प्रदान गरेको छ । दिदी समुहका १० महिलाले बहिनी समुहका १० जनालाई बाख्रा उपाहार प्रदान गरेको परियोजनाका मालिका गाउँपालिका संयोजक जगत रानाले जानकारी दिए ।
बिहीबार बाख्रा हस्तान्तरण गरेका महिलाले गत बर्षको असोजमा बाख्रा उपाहार प्राप्त गरेका थिए । भने आज प्राप्त गरेका महिलाले कम्तिमा १५ महिनाभित्र अर्को समुहलाई बाख्रा उपहार प्रदान गर्ने रानाले बताए ।
महिला शसक्तिकरणको लागि संचालन गरिएको परियोजना मालिकाका वडा नम्बर ४, ५, ७ र ८ मा लागु गरिएको छ । चारवटा वडाका कुल दुई हजार १२२ घरधुरी आवद्ध छन् ।
कार्यक्रम मुलाबारी महिला समुहकी अध्यक्ष खुमकुमारी घर्तीको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाको प्रमुख आतिथ्यता, सदस्य सीता हितानको स्वागत मन्तव्य तथा सचिव उषा अर्यालको संचालनमा सम्पन्न भएको हो ।

SHARE