सूर्य सुनार
साउन ७,२०७८ गुल्मीःनेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस गुल्मीमा पनि मनाइएको छ । मदन आश्रित स्मृती भवन तम्घासमा राष्ट्रिय युवा संघ गुल्मीको आयोजनामा कार्यक्रम आयोजना गरिएको थियो ।
नेकपा एमाले गुल्मीका जिल्ला अध्यक्ष मधकृष्ण पन्थले पुष्पलालले देखाएको बाटोमा हिड्नु पर्ने र उहाँले गरेका कामको सिको गर्नुपर्नेमा जोड दिए । नेकपा एमालेको आन्तरिक विवादले गर्दा सरकारबाट बाहिर बस्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरे । माधव नेपालको कार्यशैलीले गर्दा पाटिमा ठूलो समस्या उत्पन्न भएको उनको भनाई छ ।
नेकपा एमाले लुम्बिनी प्रदेश सल्लाकार माधव ज्ञवालीले अब पाटीले नयाँ रणनीति बनाएर अगाडि बढ्नु पर्ने बताए। पार्टीले अब संगठन निर्माण गरेर जनता सामु जानु पर्ने र वास्तविक कुरा बुझाउनु अहिलेको आवश्यकता रहेको उल्लेख गरे । त्यस्तै नेकपा एमालेको आन्तरिक बिवादले गर्दा पार्टी रहने हो कि होइन भने बिषयमा ठूलो समस्या उत्पन्न भएको नेता बालसिङ्ग काउछाले बताए । एमाले पाटी एक हुनु अहिलेको आवश्यकता रहेको नेता काउछाको भनाइ थियो ।
त्यस्तै एमाले नेता जङ्ग बहादुर नेपालीले माधव नेपालको गलत नियतले गर्दा पाटिमा समस्या उत्पन्न सिर्जना भएको बताए । पार्टी एकताको विषयमा माधव नेपालले नाटक गरेर समय खेर फालेको नेपालीले आरोप लगाए । साथै कार्यक्रममा पुष्पलालले गरेका कामको र उहाँले देखाएका बाटोमा हिडुनु पर्ने कुरामा जिल्लाका नेताहरुले आफनो धारण व्यक्त गरेका थिए ।