नेपाल रेडक्रस सोसाइटीद्वारा स्वास्थ्य सामाग्री वितरण

0
844

सन्तोष महतारा
गुल्मी, ०७ साउन : नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमार्फत नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीले जिल्लास्थित कार्यालयलाई स्वास्थ्य सामाग्री बितरण गरेको छ । बिहिवार बिहान एक कार्यक्रमको आयोजना गरी नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय महामन्त्री पिताम्बर अर्यालले जिल्ला शाखा कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरे लगत्तै जिल्ला शाखा गुल्मीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला स्वास्थ्य कार्यालय गुल्मी र नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए । केन्द्रीय समिति मार्फत जिल्ला शाखा गुल्मीलाई सर्जिकल मास्क ३५ हजार थान, पिपिई ६५ थान, सेनिटाइजर सानोमा ५ सय थान, थर्मल गन १० थान, चस्मा ६५ थान, फेस शिल्ड १ सय थान, गाउन ६५ थान र अक्सिजन कन्सनटेटर ४ थान लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराइएको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय महामन्त्री पिताम्बर अर्यालले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीलाई प्राप्त स्वास्थ्य सामाग्री मध्ये नेपाली सेनालाई १ हजार थान, सशस्त्र प्रहरी बललाई १ हजार थान, स्वास्थ कार्यालय गुल्मीलाई ५ सय थान, नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीलाई ५ सय थान सर्जिकल मास्क उपलब्ध गराइएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका अधिकृत कृष्ण प्रसाद खनाल जानकारी दिए ।
विभिन्न साझेदार संस्थाको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले देशभर निरन्तर सहयोग गरिरहेको केन्द्रीय महामन्त्री पिताम्बर अर्यालले जानकारी दिए । खुल्ला सिमानाका कारण नेपालमा निरन्तर जोखिम बढिरहेको छ । महामन्त्री अर्यालले भने, पहिरो चरणमा सिमानाका कडाइ गरिएको तर दोस्रो चरणमा त्यो नगरिएकोले जोखिम गाउँगाउँमा बढेको छ । अब आउने कोरोना भाइरस कोभिड १९ को संक्रमण बच्चाबच्चीलाई धेरै जोखिम हुने भन्दै त्यो तयारीमा निरन्तर रेडक्रस लागेको बताएका छन् । भ्याक्सिन बाहेक अरु विकल्प नरहेको भन्दै रेडक्रसले निरन्तर प्रयास गरेको उनले बताए । भ्याक्सिनबाट कसैलाई गराउनु हुदैन भन्दै महामन्त्री अर्यालले स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्ने पनि प्रतिबद्धता जनाए । नेपाल रेडक्रस सोसाइटी सरकारको सहयोगी संस्था र स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्था भएको उनले स्पष्ट पारे । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका अध्यक्ष श्रेष्ठले जिल्लाका २४ वडा उपशाखा मार्फत वडावडामा प्राप्त स्वास्थ्य सामाग्री पुराउने बताए । यसअघि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीले मास्क २० हजार थान, पिपई ५८ थान, अक्सिजन कन्सनटेटर २ थान लगायतका स्वास्थ्य सामाग्री जिल्लामा बितरण गरिसकेको कार्यालयले जनाएको छ । कार्यक्रममा जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि र राजनितीक दलका प्रमुख तथा प्रतिनिधि लगायत सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

SHARE