सत्यवती गाउँपालिका दुध र मासुमा आत्मनिर्भर

0
269

साउन४,२०७८गुल्मीः गुल्मीको सत्यवती गाउँपालिकाले कृषिमा आत्मर्एनिर्भर भएको घोषणा गरेको छ । कृषि तथा पशुपंक्षी क्षेत्र अन्र्तगत दुध र मासुमा आत्मनिर्भर भएको गाउँपालिकाको दावी छ ।
गाउँपालिकाको जनसंख्या र गाउँपालिका भित्र उत्पादन हुने मासु तथा दुधको परिमाण अनुसार गाउँपालिकालाई दुध र मासुमा आत्मनिर्भर भएको घोषणा गरिएको हो । एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले गाउँपािलकालाई दुध र मासुमा आत्मनिर्भर भएको घोषणा गरेका हुन । घोषणा गर्दै पराजुलीले गाउँपालिकालाई धन्यवाद व्यक्त गदै शुभकामना समेत दिएका छन् ।

सत्यवती गाउँपालिकामा वार्षीक २४ लाख ४८ हजार एक सय ८ लिटर दुध उत्पादन , २१ हजार ६ सय ९० केजी लोकल कुखुराको मासु, दुई लाख ६ हजार ६ सय ब्रोइलर कुखुराको मासु, ७८ हजार दुई सय ४० केजी बंगुरको मासु, ९९ हजार ८ सय २५ केजी खसी बोकाको मासु र एक लाख ७८ हजार चार सय रांगा भैंसीको मासु उत्पादन हुदैं आएको पशुपंक्षी विकास शाखाले जानकारी दिएको छ । सत्यवती गाउँपालिकाको पशुपंक्षी विकास शाखाले दिएको जानकारी अनुसार गाउँपालिकको हालको जनसंख्या २६ हजार ५ सय ३३ रहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ रहन प्रती व्याक्ती ९२ लिटर दुध, ४८ वटा अण्डा र १४ केजी मासु वार्षीक उपभोग गर्नु पर्ने हुन्छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अुनुसार गाउँपालिका सक्षम रहेको कृषी शाखाको भनाई छ । आफुहरुको लामो अथक प्रयास र मेहनतलेनै गाउँपालिका दुध र मासुमा आत्मर्नीभर भएको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए ।

कर्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपंक्षी विकास माहाशाखा प्रमुख तुल्सी भण्डारी ,भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र पाल्पाका प्रमुख डाक्टर चन्द्रबहादुर राना ,गाउँपालिकाका उपाध्यक्ष शुर्वण शेरचन शाही, प्रमुख प्रशासकिय अधिकृत झविश्र रेग्मी ,किसान लगायतको सहभागीता रहेको थियो ।

SHARE