बोधिसत्व विहार काठमाडौँद्धारा खज्याङ्ग स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान

0
638

सूर्य सुनार
साउन २ ,२०७८गुल्मी :बोधिसत्व विहार काठमाडौँ तथा कलाकार तिलक बस्नेतको पहलमा गुल्मीको खज्याङ्ग स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
बोधिसत्व विहार काठमाडौँ तथा कलाकार तिलक बस्नेतको पहलमा एवंम राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल गुल्मीको समन्वयमा जिल्लाका छत्रकोट गाउँपालिका वडा नम्बर ५ मा रहेको खज्याङ्ग स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल गुल्मीका पूर्वअध्यक्ष जनक पन्थले जानकारी दिए ।
अक्सिजन कन्सनटेटर मेसिन १ थान , माक्स, सेनिटाइजर, पिपिइ ५ थान , लगाएका स्वास्थ्य सामग्री सहयोग गरिएको लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल गुल्मीका पूर्वअध्यक्ष पन्थले बताए ।
नेपाल लोक दोहोरी प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष तथा रेसुङ्गा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष खुम बहादुर खत्री, पूर्वअध्यक्ष जनक पन्थ नेपाल लोक दोहोरी प्रतिष्ठान गुल्मीका सल्लाकार शिव सुवेदी, उपाध्यक्ष प्रकाश बस्नेत लगाएको टिमले खज्याङ्ग स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
यस अघि पनि उक्त संस्थाले जिल्लाका विभिन्न ठाउँमा स्वास्थ्य सामग्री सहयोग गरेको थियो । कोरोना भाइरस नियन्त्रणको लागि निषेधज्ञा रहेको समयमा विपन्न परिवारको लागि सहयोग हुने गरी १ हजार परिवारलाई पुग्ने खाद्ययन्न सहयोग गर्ने तयारी भइरहेको पूर्वअध्यक्ष पन्थले बताए ।

SHARE