गुल्मीदरबारका अध्यक्षको निधनमा पाँच दिन शोक बिदा

0
708

साउन १,२०७८गुल्मीः गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको निधनमा गाउँपालिकाले पाँच दिन शोक बिदा दिने निर्णय गरेको छ ।
असार ३१ गते बसेको गाउँकार्यपालिकाको बैठकले साउन १ गतेदेखि ५ गतेसम्म शोक बिदाको निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
अध्यक्ष थापाको ७४ बर्षको उमेरमा असार ३१ गते बिहान ८ बजे काठमाण्डौंमा उपचारको क्रममा निधन भएको थियो ।उनको स्वास्थ्यमा लामो समय देखि फोक्सोको समस्या रहँदै आएको थियो ।
उनको स्वास्थ्यमा फागुन २८ गतेदेखि समस्या आएपछि काठमाडौंका विभिन्न अस्पताहरुमा उपचार गराइरहेका थिए ।
थापा २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित भएका थिए उनी नेपाली काँग्रेस गुल्मी क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पनि हुन् ।

थापाको शबलाई शुक्रबार बिहान नेपाली कांग्रेस गुल्मीको बीपी स्मृति भबनमा राखी अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
थापाको निधनले नेपाली कांग्रेस गुल्मीलाई अपुरणीय क्षती पुगेको नेपाली कांग्रेस गुल्मीका सचिब खिलध्वज पन्थीले बताए । सरल र जनताप्रति उत्तरदायी एक अभिभाबक गुमाउनुपर्दा दुःख लागेको पन्थीको भनाई छ ।
यसै बिच थापाको शबलाई गाउँपालिकाको परिसरमा राखी अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो ।श्रद्धाञ्जली दिन विभिन्न राजनीतिक दल, जनप्रतिनिधिहरु ,संघ संस्था ,कर्मचारी लगायतको उपस्थिती रहेको थियो।
थापाको शबलाई शुक्रबारै परम्परा अनुसार कालीगण्डकी नदिको रिडी घाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।

SHARE