सिमिचौर स्वास्थ्य चौकी पुर्ण पोषणमैत्री संस्था घोषणा

0
821

अजय खड्का

असार३१,२०७८गुल्मीःगुल्मीको रेसुङ्गा नगरपालिका वडा नं १० को सिमिचौर स्वास्थ्य चौकी पुर्ण पोषणमैत्री संस्था घोषणा भएको छ ।

बिहीबार रेसुङ्गा नगरपालिकाको स्वास्थ्या शाखाको आयोजनामा एक कार्यक्रमको आयोजना गरी उक्त स्वास्थ्य चौकीलाई पुर्ण पोषणमैत्री संस्था घोषणा गरीएको हो ।

नगरपालिकामै पहिलो पटक यो स्वास्थ्य चौकिलाई पुर्ण पोषणमैत्री संस्था घोषणा गरीएको नगरपालिकाको स्वास्थ्य शाखा बोम अर्यालले बताए । उनले यसरी घोषणा हुँदा थप चुनौति पनि थएिकाले कार्यक्रममा उपस्थीत स्वास्थ्यकर्मी लगाएत स्वास्थ्य स्वयम सेविकाहरु लाई स्वास्थ्य क्षेत्रमा वडा लाई नमुना बनाउनु पर्नेमा जोड दिए ।

यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा नं १० का वडाध्यक्ष तथा नगरपालिकाका कार्यवाहक नगरप्रमुख पदम अर्यालले उक्त स्वास्थ्य चौकीमा आवस्यक स्वास्थ्य समाग्रीको अभाव नरहेको र अब छिट्टै एम्बुलेन्स र ल्यावको पनि ब्यवस्था गरीने भएकाले विरामीहरुको सेवामा अझ क्रियाशिल रहन आग्रह गरे ।

घोषणा कार्यक्रममा सुनौलो हजार दिनका ३ आमाहरुलाई घ्यू र १७ जना स्वास्थ्य स्वयम सेविकाहरुलाई तौल लिने मेसिन समेत वितरण गरीएको थियो ।

स्वास्थ्य चौकी व्यावस्थापन समितिका उपाध्यक्षको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि वडा नं १० का वडाध्यक्ष तथा नगरपालिकाका कार्यवाहक नगरप्रमुख पदम अर्याल, विशिष्ट अतिथी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बोम अर्याल, अतिथी नगरपालिका स्वास्थ्य .शाखा सि.अ.न.मि मञ्जु घर्तिमगर , सिमिचौर स्वास्थ्य चौकी प्रमुख शोभारानी घर्ति थापा, वडा सदस्यहरु, स्वास्थ्य चौकी व्यावस्थापन समितिका सदस्यहरु, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मिहरु, वडाका कर्मचारीहरु, पत्रकार लगाएतको सहभागीता रहेको कार्यक्रमको संञ्चालन वडा सचिव रेखा अर्यालले गरेकी थिइन् ।

SHARE