गुल्मीमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

0
265

असार३१गते। गुल्मीमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
धुर्कोटबाट सदरमुकाम आउँदै गरेको भे१ च १९४३ नम्बरको जीपले तम्घासबाट छल्दीतर्फ जाँदै गरेको लु ५५ प ७०८२ नम्बरको मोटरसाइकललाई अर्खलेमा ठक्कर दिँदा मोट्साइकल चालक तानसेन नगरपालिका १४ का अन्दाजी ३१ बर्षका सुदन पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जीप चालक धुर्कोट गाउँपालिकाका ३० बर्षीय रामबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जीपमा सवार रेसुंगा नगरपालिका १२ का ३० बर्षीय अनिल बिक, धुर्कोट गाउँपालिका ५की ४० बर्षीया सीमकला बिक धुर्कोटकै ६७ बर्षीय हरीप्रसाद भण्डारी घाइते भएका छन् ।उनीहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

SHARE