इश्माका ६१ घरपरिवारलाई मौरी सहितका घार वितरण

0
315

असार२८,२०७८गुल्मीः जिल्लाको इश्मा गाउँपालिकाका ६१ घरपरिवारलाई मौरी सहितको घार अनुदानमा वितरण गरिएको छ ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजजगार कार्यक्रम मार्फत गाउँपालिका भित्रका अति विपन्न ६१ परिवारलाई मौरी सहितका घार वितरण गरिएको कार्यक्रमका फोकल पर्सन हरिप्रसाद घिमिरेले जानकारी दिए ।
गाउँपालिका भित्र रहेका अति विपन्न , दलित ,जनजाती ,अपाङग, महिला र द्धन्द पीडितहरुलाई लक्षित गरी पाँच लाखको बजेटबाट उक्त मौरी सहितका घार वितरण गरिएको घिमिरेले बताए ।
आय आर्जनमा बृद्धि गर्नका लागि यसरी मौरी सहितका घारहरु खरिद गरी वितरण गरिएको मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रमका सहजकर्ता राजन घिमिरेले जानकारी दिए ।
मौरी सहितका घार पाएपछि स्थानीयहरुले खुसी ब्यक्त गरेका छन् ।उनीहरुले मौरी सहितका घार मार्फत आय आर्जनमा बृद्धि गर्ने र थप घारहरु थप्दै जाने बताएका छन् ।
इश्मामा मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रम मार्फत वडा नम्वर ६ अमरपुरमा रहेका कुमाल जातीहरुका लागि लोकल कुखुराका चल्ला पनि अनुदानमा वितरण गरेको छ । उन्ीहरुलाई कुखुराको खोर निर्माण र लोकल कुसखराका चल्लाहरु अनुदानमा वितरण गरिएको फोकल पर्सन घिमिरेले बताए ।
गरिवी निवारण गर्न र आय आर्जनमा बृद्धि गर्नका लागि विभिन्न सीपमुलका तालिमहरु पनि प्रदान गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

SHARE